भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो : इन्दिरा राना

काठमाडौँ । उपसभामुखमगरले विभिन्न समुदायका भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको बताएकी छन् ।

‘द पब्लिक’ हिन्दी मासिक पत्रिकाको काठमाडौँमा आज आयोजित १५औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले विभिन्न समुदायले ‘नेपाल मेरो देश हो’ भन्ने महसुस गर्न सक्नेगरी भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नुपर्ने धारणा राखिन् ।

उपसभामुख रानामगरले लोकतन्त्र र वाकस्वतन्त्रता सरकारले मात्रै प्रत्याभूति गर्ने विषय नभएकाले सबै नेपाली नागरिकले एकापसमा सहयोग र सहकार्यबाट यसलाई जीवन्त राख्नुपर्ने बताइन् ।

‘हिन्दी भाषी समुदायलाई सूचनाको अधिकार प्रदान गर्दै सकारात्मक सामग्री प्रकाशन गरेर समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दछु । यो अत्यन्तै समुदायलाई सुसूचित गराउने महत्त्वपूर्ण कार्य हो, हामीले सबै भाषालाई सम्मान गर्छौँं, हामी लोकतान्त्रिक संस्कृतिलाई प्रोत्साहन गछौँं । सिक्दै सिकाउँदै हरेक भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु हाम्रो दायित्व हो । महिलाले सञ्चालन गरेको यो रचनात्मक कामको उच्च सम्मान गर्दछु’ उनले भनिन् ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हिन्दी भाषा मुलुकभित्र बोलिने भाषा भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको ऐक्यबद्धताको खाँचो औँल्याए ।

‘जहाँ हिन्दी भाषालाई घृणा गरिन्थ्यो, अहिले त्यहीँ लोकप्रिय बन्दै गएको छ, परिवर्तन आउँदै गरेको छ, नेपालमा भाषा र बोली गरेर एक सय २५ वटा भन्दा बढी छन्, राजनीतिक पूर्वाग्रहका कारण एकै भाषाले प्राथमिकता पाउनु हुँदैन’ उनले भने ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादवले हिन्दी विश्व भाषाका रूपमा विकसित हुनसक्ने बताउँदै यसमा पत्रकारिता गर्नु हिन्दी भाषाीका लागि सङ्घर्ष र चुनौतीको विषय रहेको धारणा राखे । उनले नेपालमा सबै भाषाको विकास, समान अधिकार र मातृभाषामा पढ्ने अधिकार हुनुपर्नेमा जोड दिए ।

‘हिन्दूस्थानमा काम गर्ने नेपालीले हिन्दी भाषा बोल्छन्, नेपाल र भारतको संस्कृति र सम्बन्ध पनि एकापसमा जोडिएको छ । अहिले भाषा र संस्कृतिको क्षेत्रमा हस्तक्षेप बढ्दै गएको छ, गणतन्त्रमा राजनीतिक अधिकार, भाषाको अधिकार, स्रोत र साधनको अधिकारमा समानता हुनुपर्छ, राज्यले कुनै पनि भाषिक विविधतालाई अनादर गर्नु हुँदैन’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =