रास्वपाले अराजकतालाई मलजल गर्नेगरी काम गरिरहेको छ : सांसद गैरे

काठमाडौँ । नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्नेगरी असंसदीय काम गरेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । भिजिट भिसा प्रकरणका दोषीहरू उम्किन नहुने र निर्दोष लाञ्छित हुन नहुने बताए । संसद बहिष्कार गरेर गएकाहरूले अख्तियार र सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिको बारेमा बुझ्न नसकेको जिकिर गरे ।
देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी रास्वपाले काम गरिरहेको बताए ।
उनले भने ‘भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएकै छ । भिजिट भिसा प्रकरणमा जुन रुपमा नेपालीहरू ठगिएको, नेपालीहरूले त्यहाँ सास्ती पाएको, त्यसको माध्यमबाट धेरै सम्पत्ति गुमाएको भन्ने छ । कुनै दोषी व्यक्तिहरू उम्किन नपाओस् । निर्दोष व्यक्तिहरूले लाञ्छित हुनु नपर्ने स्थितिको निर्माण होस् । अहिले संसद बहिष्कार गरेर जानुभएका माननीयज्युहरुले बुझ्नुभएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गरेको छानबिन प्रक्रियालाई कुनै असर नपर्नेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टतापूर्वक छानबिन गरिरहेको छ । त्यसमा नेपाल सरकारले सहयोग गरिरहेको छ भन्नेकुरा पनि त्यो वक्तव्यबाट स्पष्ट हुन्छ । आगामी दिनमा थप व्यवस्थित गर्ने, आगामी दिनमा यस्ता काम नदोहोरिनका लागि काम गर्नुपर्छ । देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी यो काम भएको छ ।’
उनले संसदीय गतिविधिलाई मलजल गर्नेगरी रास्वपाले काम गरेको आरोप लगाए ।








