गरिब घर, परिवारको छनोट प्रक्रिया २०८२ भित्र सक्छौँ : मन्त्री अधिकारी
२०८२ असार ९ गते

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया २०८२ भित्र सक्नेगरी सरकार अघि बढेको बताएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले १३ वटा जिल्लामा २०८२ भित्र गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया शुरु गरिएको बताए । अरु जिल्लाहरुको पहिला पनि कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराए ।
मन्त्री अधिकारीले उपलब्ध श्रोतको सीमाभित्र रही महत्वपूर्ण कामहरुलाई प्राथमिकतामा राखि बजेट व्यवस्थापन गर्ने उच्चतम प्रयास गरिएको दाबी गरे ।
२०८२ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








