रोपाइँ गर्न गएकी महिलाको चट्याङ लागेर मृत्यु

भैरहवा । आज बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक महिलाको मृत्यु भएको छ। मर्चवारी गाउँपालिका–३ महाराजगञ्जकी ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर निधन भएको हो ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदका अनुसार बिहान करिब साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो। उनी घरबाट करिब एक सय मिटर पूर्वस्थित आफ्नै खेतमा रोपाइँ गर्न गएकी थिइन् ।

चट्याङ लागेपछि बेहोस भएकी यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको थियो। तर, अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको साउदले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =