भारतीय अभिनेता सलमान खानलाई गम्भीर स्वास्थ्य समस्या 

काठमाडौँ । भारतीय अभिनेता सलमान खान आफ्नो पीडादायी स्वास्थ्य अवस्थासँग लडिरहेका छन् ।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार अभिनेता खानलाई ट्राइजेमिनल न्यूराल्जिया, ब्रेन एन्युरिज्म, र धमनी विकृति सहित गम्भीर स्वास्थ्य समस्या रहेको छ ।

यी चुनौतीहरूको बाबजुद पनि उनले आफ्नो पेसालाई निरन्तरता दिइरहेका छन् ।

हालसालै, द कपिल शर्मा शोमा आफ्नो उपस्थितिको क्रममा, उनले आफ्नो स्वास्थ्य सङ्घर्षको बारेमा उल्लेख गरेका थिए ।

‘ट्राइजेमिनल न्यूराल्जिया थियो…ब्रेनमा एन्युरिज्म छ, यसको बावजुद काम गरिरहेको छु ।’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =