सुनको रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन : ज्ञानेन्द्र साही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन् ।
अर्थ समितिको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सचिवहरुलेमुलुकलाई गे्र लिस्टबाट बाहिर निकाल्न सुनको दरमा रेट बढाएको बताएको भन्दै उनले झुटो कुरा नगर्न सचेत गराए । समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । जसबारे बोल्दै उनले यो विधेयकले सुन गएर भारतबाट किनेर लेउ र नेपालको व्यवसाय बन्द गर भन्ने किसिमको देखिएको जिकिर गरे ।
उनले भने ‘यो सुन गएर भारतबाट किनेर ल्याऊ, नेपालको व्यवसाय बन्द गर भनेर भारतको एम्बेसीबाट काम भएको हो । ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् त । सम्पत्ति शुद्धीकरण गर्ने हो । करको दायरामा ल्याउने हो । करको दररेट बढाउने हो ? अलरेडी करको दायरामा छ त सुनहरू । १० प्रतिशत छैन । जो दायरामा छैन, त्यसलाई दायरामा ल्याउने हो । ग्रे लिस्टबाट हट्न सम्पत्ति शुद्धीकरण गर्नुपर्छ । सुनको दरमा रेट बढाएर ग्रे लिस्टबाट आउट हुन्छ ? यो नभनिदिनुस् । अल्टिमेट कन्जुमरलाई गाह्रो हो । व्यापारीलाई गाह्रो होइन । दररेट बढाउनु भनेको नेपालको सुन व्यवसायीहरू ठप्प होऊ, बन्द गर, हामी कमिसन खान्छौँ, पारीका व्यवसायीलाई फाइदा गर्छौं भनेको हो । आज निर्देशन गरेनौँ भने नेपालमा १० लाख परिवारको घर उजाड्छौँ ।’
प्रमुख सचेतक शाहीले यो विधेयकले सुन व्यवसायमा रोजगारी गरिरहेका १० लाख परिवारको घर उजाड्ने जिकिर गरे ।








