सुनचाँदी व्यवसायीहरूको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँ : वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सुनचाँदी, रत्न आभूषण व्यवसायीहरूको मर्काबारे अध्ययन गर्न उपसमिति बनाउन माग गरेका छन् ।
सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले अनौपचारिक रुपमा भइरहेको सुनचाँदी कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । उनीहरूलाई करको दायरामा ल्याउनुपर्ने बताए । सम्पत्ति शुद्धीकरण गर्नेकुरा नराम्रो भएको बताए । नेपालको सुनचाँदी व्यवसायीहरू मर्कामा परेको बताउँदै सुनचाँदीमा भएको करका दर हेरफेर अव्यवहारिक हुँदा समस्या आएको जिकिर गरे ।
अवैध कारोबार रोक्नको लागि करका दरहरूलाई पनि छिमेकी बजारसँग मिलाएर लैजानुपर्ने बताए ।
उनले भने ‘करको दायरामा सबै आउनुपर्छ । अर्थ समितिले कहाँ कहाँ अनौपचारिक कारोबार भइरहेको छ, त्यो ठाउँमा सरकार, सरकारका निकायहरूले कडाइ गर्नुपर्छ । करको दायरामा ल्याउनुपर्छ । सम्पत्ति शुद्धीकरण गर्नेकुरा नराम्रो कुरा हो । कालोधनलाई सेतो बनाउनुलाई हामी सम्पत्ति शुद्धीकरण भन्छौँ । लिगल वा भ्यालिड खालको बिजनेसलाई प्रोत्साहन गर्नुपर्छ । नेपालको सुनचाँदी व्यवसायीहरू मर्कामा परे । के कारणले परे भने अहिले करका दर हेरफेरका कारण परे । यो अव्यवहारिक भयो, जसले छिमेकी बजारसम्म, छिमेकी देशका बजारहरूसँग हाम्रो मिलेन र अवैध कारोबार हुने भयो । यो अवैध कारोबार रोक्नको लागि हामीले हाम्रो करका दरहरूलाई पनि छिमेकी बजारसँग मिलाएर हेर्नुपर्छ, त्यसलाई व्यवहारिक बनाउनुपर्छ । वैज्ञानिक बनाउनुपर्छ । करको दर हेरफेर संसदमा विचाराधीन नै छ विधेयक । कि त हामीले उपसमिति अध्ययनको लागि बनाउनुपर्छ । सुनचाँदी, रत्न आभूषण व्यवसायीहरूको मर्काबारे अध्ययन गर्न ।’
करका दरलाई व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने बताए ।








