सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै दलहरूले प्रतिवद्धता जाहेर गर्न जरुरी : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तीनै तहका सरकारले खानेपानी क्षेत्रमा मात्रै ध्यान केन्द्रित गर्दा सरसफाईको क्षेत्र उपेक्षित भएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले सरसफाईको क्षेत्रलाई प्राथमिकतामा ल्याउन सबै दलहरुले राजनीतिक प्रतिवद्धता गर्न आवश्यक रहेको बताए ।

मन्त्री यादवले खुला दिशामुक्त क्षेत्र घोषणाजस्तै सरसफाईलाई समेत राष्ट्रिय अभियानको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले सन् २०३० सम्म ९९ प्रतिशत जनतालाई आधारभुत खानेपानी र ९० प्रतिशत जनतालाई शुद्ध खानेपानी पु¥याउने सरकारको लक्ष्य रहेको समेत बताए । यद्यपि बजेटमा व्यवस्थापन गर्न नसकिए लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण हुने उनको भनाइ छ ।

उनले अगामी आर्थिक वर्षको लागि खानेपानी मन्त्रालयले सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरे ।

संघ सरकारले बजेट पठाउँदा संघीयता कार्यान्वयनको विषयलाई पनि ख्याल गर्न जरुरी रहेको उल्लेख उनले गर्दै सोही अनुरुप बजेट विनियोजन गरिएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =