रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।

त्रिवेणी गाउँपालिका–१०, बर्नेटीकी ५० वर्षीया गणेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा ओली एक्कासी बेहोस भएकी थिइन् ।

उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो । तर चिकित्सकले राति नै मृत घोषणा गरेका थिए ।

चट्याङका कारण गाउँघरमा बढ्दो दुर्घटनाबारे सचेतना आवश्यक रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =