रास्वपा र राप्रपाले गरे संसद बैठक बहिष्कार, प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठक भिजिट भिसा प्रकरणको प्रतिवादसँगै सुरु भएको छ । मानव तस्करीमा सरकारको संलग्नता भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेका छन् ।

रास्वपाका सांसद शिव नेपालीले आकस्मिक समयमा बोल्दै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे उच्चस्तरीय छानबिनको माग गरेका थिए । उनले संसद्मा प्रतिपक्षी दलहरूको आवाज दबाउन खोजिएको आरोपसमेत लगाए ।

‘हामी जनताको प्रतिनिधि हौं, तर हाम्रो आवाज सुनिँदैन,’ उनले भने, ‘भिजिट भिसाको आडमा मानव तस्करी भइरहेको छ। यसको गम्भीर अनुसन्धान हुनुपर्छ ।’

रास्वपाले पुनः उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोहो¥याएको छ । सोही माग पूरा नहुँदासम्म संसद अवरोध गर्ने चेतावनी पनि दिइएको छ ।

बजेटमाथिको छलफल : विभिन्न मन्त्रालयका मन्त्रीहरूको जवाफ

आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
आज छलफल हुने मन्त्रालयहरूमा निम्न मन्त्रालयहरू परेका छन्ः

वन तथा वातावरण मन्त्रालय

सङ्घीय मामिला तथा सामान्य प्रशासन

ऊर्जा, जलस्रोत तथा सिँचाइ

रक्षा मन्त्रालय

कृषि तथा पशुपंक्षी विकास

स्वास्थ्य तथा जनसङ्ख्या

कानुन, न्याय तथा संसदीय मामिला

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

त्यस्तै, अन्य मन्त्रालयहरूमाथि छलफलपछि उठेका प्रश्नको जवाफ दिने मन्त्रीहरू पनि बैठकमा सहभागी हुने छन् । ती मन्त्रालयहरूमा श्रम, गृह, परराष्ट्र, शिक्षा, महिला, बालबालिका, भौतिक पूर्वाधार लगायतका मन्त्रालयहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =