रास्वपाको प्रश्न- मानव तस्कर गिरोहसँग सरकारको साँठगाँठ त छैन (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मौलाएको मानव तस्करीको सञ्जाल राज्यकै संरक्षकहरूको मिलोमतोमा चलिरहेको गम्भीर आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो जघन्य अपराधमा सरकार रमिते बनेको र अपराधी गिरोहसँग सत्ताको साँठगाँठ हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

सरकार र मन्त्रीहरू फेरिए पनि मानव तस्करहरू सधैँ कसरी उन्मुक्त रहन्छन् भन्दै प्रश्न गर्दै सांसद नेपालीले सरकारको मौनतामाथि प्रहार गरे । उनले भने, ‘सभामुख महोदय, के जनताको मुद्दा उठाउनु अपराध हो ? सरकारहरू फेरिन्छन्, मन्त्रीहरू फेरिन्छन् तर मानव तस्करहरू सधैं उन्मुक्त किन हुन्छन् ?’

मानव तस्करीलाई केवल कानूनी अपराध मात्र नभई ‘मानवताको घोर अपमान’ को संज्ञा दिँदै उहाँले यो समस्या विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘भिजिट भिसाको नाममा मानव तस्करी गर्नु अपराध मात्र होइन, यो मानवताको घोर अपमान हो,’ उनले भने, ‘यो र्‍याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ । यस्तो अपराधमा पनि दुई ठूला दलको सरकार किन मौन छ ? कतै यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन ?’

उनले भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करीको सम्पूर्ण जालोबारे सत्यतथ्य बाहिर ल्याउन तत्काल एक उच्चस्तरीय छानबिन समिति गठन गर्न जोडदार माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा संलग्न दोषीलाई कारबाही र छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि निरन्तर संसदमा आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =