मनसुन थप सक्रिय : बागतीसहित यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थान र अन्य भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ । साथै, उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

रातिको मौसम पनि दिनकै जस्तै रहनेछ । देशभर आंशिकदेखि सामान्य बदली रहने र कोसी, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यीमध्ये केही स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा राति पनि वर्षा र हिमपातको सम्भावना छ ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =