संसद् भवनको छतबाट खसेर एक कामदार घाइते

काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरस्थित क्यान्टिनमाथिको छतबाट खसेर एक जना कामदार घाइते भएका छन् ।

आइतबार दिउँसो मर्मतको काम गर्दै गरेका ती कामदार फल्स सिलिङ भाँचिएर तल खस्दा घाइते भएका हुन् । घाइतेको कुहिना र गोडामा चोट लागेको जनाइएको छ ।

घाइते कामदारलाई तत्कालै खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल, नयाँबानेश्वर लगिएको हो । अस्पतालमा अहिले उनको उपचार भइरहेको छ ।

घटनाका सम्बन्धमा थप विवरण आइसकिएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =