सांसद अमरेशकुमार सिंहले बोलेको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह बोल्दाबोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएका छन् ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद सिंहले सरकारले ५ वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

साथै, उनले ५ जिल्लालाई नेपालमा राखेर अन्य जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने बताएका थिए । सांसद अमरेशको भनाइ रोक्दै एमालेका प्रमुख सचेतक बर्तौलाले बीचमा रोक्दै नियमापत्ति जनाए ।

बर्तौलाले संसदको रोष्टमबाट आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरे । उनले उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन मात्रै नभएर अन्य कारबाही गर्नुपर्ने बताए ।

त्यसपछि, सभामुख देवराज घिमिरेले सांसद सिंहले अरु मुलुकको नाम लिएर नेपालको भूमीलाई दिए हुन्छ भनेर बोलेको विषयलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।

सो पश्चात संसदमा सभामुख घिमिरे, सांसद सिंह र एमाले सचेतक बर्तौलाबीच सवाफजवाफ चलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =