म संघीयताको विरोधी होइन तर संघीयता नेपालमा सम्भव छैन : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताएका छन् ।

शनिवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताए । उनले अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता नभएको बताए ।

प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको उनको जिकिर छ । राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्ने बताउनु भयो । आफू संघीय प्रणालीको विरोधी नभई संघीयता नेपालमा सम्भव नरहेको स्पष्ट पारे ।

उनले भने ‘नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार गरेका होइनौँ । म त्यो दुवै संविधान सभामा छु । केके भएर संविधानमा संघीयता स्वीकार गरिएको हो रु अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता हो ? नेपाली जनतालाई होइन, त्यो प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको थियो । अहिले ठूलो संख्या छ नेपालमा जनताको की चित्रबहादुरलाई अरु कुरा त केही छैन, कुरा मात्रै गर्छ भन्छन् । प्रदेश खारेज गर्ने कुरा ठिक छ भन्छन् । मैले भन्न मन लागेर भनेको होइन । कुनैपनि प्रणाली राष्ट्रको हितमा हुन्छ । मलाई त भन्दा भन्दा चित्रबहादुर संघीयताविरोधी हो रे । म किन हुने संघीयता विरोधी रु नेपालमा संघीयता सम्भव छैन । यसको आवश्यकता छैन भन्नु र संघीय प्रणालीको विरोध हुने एउटै कुरा हो रु यो गलत ।’

सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =