छानबिन समिति बनाउन एक महिना कुर्न हुँदैन : सांसद मोदी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताए । उनले त्यसअघि नै छानबिन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भई संसद सुचारु हुन सहज हुने बताए ।

उनले भने ‘गृहमन्त्रीज्यूको बारेमा गम्भीर प्रश्न उठेको छ । यसमा भिजिट भिसाको सम्बन्धमा आज देखिरहनुभएको छ । सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ । यी सबै विषयहरूमा कमसेकम यो संसदले एउटा छानबिन समिति बनाउनुपर्छ । एक महिना भित्रमा आफैँ पनि बनाउने भनेर बोल्नुभएको छ । एक महिना किन पर्खिने चाँडै गरिदिए एउटा निकास पनि हुन्छ । तपाईँमा लागेको, गृह मन्त्रालय, भिजिट भिसामा देखिएको समस्याहरूको बारेमा समाधान हुन्छ । गृह प्रशासनसँग सम्बन्धित विकृति, विसंगतिलाई पनि अन्त्य गर्न त्यो मोडलबाट जानुपर्छ ।’

सांसद मोदीले भिजिट भिसा प्रकरण मात्र नभई गृह प्रशासनसँग सम्बन्धित विकृति अनुसन्धान गर्न पनि छानबिन समिति बनाउनुपर्ने माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =