सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो एनपीएल २०२५ का लागि रिटेन तथा रिलिज खेलाडीहरूको सूची

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एन.पी.एल.) को आगामी सिजनलाई लक्षित गर्दै आज रिटेन तथा रिलिज गरिएको खेलाडीहरूको आधिकारिक सूची सार्वजनिक गरेको छ ।
टोलीले यस सिजनका लागि राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै टोलीप्रति उहाँको प्रभावकारी नेतृत्वको भरोसा कायम राखेको छ । साथै, निरन्तरता दिने अन्य महत्त्वपूर्ण खेलाडीहरूमध्ये विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद रहेका छन् ।
रिटेन गरिएका खेलाडीहरू:
दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
विनोद भण्डारी
आरिफ शेख
अविनाश बोहरा
ईशान पाण्डे
नरेन साउद
यसै गरी, आगामी सिजनका लागि रणनीतिक योजना र टिम संरचनालाई सशक्त बनाउँदै केही खेलाडीहरूलाई रिलिज गरिएको छ । टिम व्यवस्थापनले उनीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी यात्राको सफलताको कामना गरेको छ ।
रिलिज गरिएका खेलाडीहरू:
अर्जुन कुमाल
नरेश बुढाथोकी
खडक बहादुर बोहरा
भोजराज भट्ट
अमित श्रेष्ठ
वसन्त खत्री
सुदूरपश्चिम रोयल्स परिवारले सबै रिलिज गरिएका खेलाडीहरूलाई योगदानका लागि धन्यवाद ज्ञापन गर्दछ र उनीहरूको भविष्य अझ उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त समेत गरेको छ ।
सुदूरपश्चिमको पहिचान बोकेको हाम्रो टोलीले टिम निर्माण प्रक्रिया अझ सुदृढ बनाउने लक्ष्य लिएको छ । आगामी दिनहरूमा हुने खेलाडी ड्राफ्ट तथा ट्रायलहरूमा नयाँ अनुहारहरूको समेत स्वागत गरिनेछ जनाएको छ ।









