निर्वाचन आयोगको जवाफ- रास्वपाको महामन्त्री मुकुल ढकाल नै
२०८२ असार ६ गते

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा डा. मुकुल ढकाल नै रहेको उल्लेख छ ।
आयोगको पछिल्लो अद्यावधिक विवरण अनुसार ढकाल नै रास्वपाका महामन्त्री हुन् ।
गत वर्ष भदौ ११ गतेको रास्वपाको पार्टी बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।
गत बुधवार मात्रै ढकालले निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए/नभएकोबारे सूचना माग गरेका थिए ।
आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ पठाएको हो ।
२०८२ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








