समाजवादतर्फ सरकारको दृढ इच्छाशक्ति देखिएन : देवेन्द्र पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्य अनुरूप दृढतापूर्वक बजेट विनियोजन नभएको बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले समाजवादलाई साझा सपना, सङ्कल्प र लक्ष्यका रूपमा व्याख्या सरकारमा त्यसअनुसारको दृढ इच्छाशक्ति नदेखिएको टिप्पणी गरे । समाजवादका साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य प्राप्तिको लागि सरकारको इच्छाशक्ति र दृढ सङ्कल्प नहुनु दुःखद भएको बताए । उनले समाजवादको लक्ष्य अनुरूप बजेट नआएकी कारण सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, नारा र बहिष्कार चलिरहेको जिकिर गरे ।

उनले बजेटले उक्त कुराको दिशावोध नगर्नु समेत दुःखद भएको बताउँदै आफूले बजेटमा देश निर्माणको सपना खोजी रहेको बताए ।

उनले भने ‘समाजवाद हामी सबैको साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य हो । त्यसको लागि इच्छाशक्ति र दृढ सङ्कल्प चाहिन्छ । यो सरकार म दुःख नमानी भन्नुपर्छ, त्यो दृढ इच्छाशक्ति प्रकट भएन । यदि यो बजेट साँच्चिकै समाजवादको लक्ष्य अनुरूप दृढता पूर्वक आएको हुन्थ्यो भने यो सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, कोही नारा, कोही बहिष्कार हुने थिएन । बाहिर सडकमा राजनीतिक पार्टीहरू, बौद्धिक समुदाय, सेना, प्रहरी, निजामती, शिक्षक, प्राध्यापक, निजी क्षेत्र, व्यवसायी सबै एकजुट भएर बजेट कार्यान्वयनको सङ्कल्पसहित एकजुट भएर अगाडी बढ्थेँ । यो बजेटले त्यो दिशा बोध नगरेको हुँदा खेरी हामी छलफल बहसको क्रममा छौँ । पक्ष र प्रतिपक्षी होइन, देश निर्माणको सपना खोजी रहेको छु, त्यो भेटिएन ।’

उनले बजेटले सरकारमा आशा जगाउन नसकेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =