रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो
२०८२ असार ६ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् ।
‘भिजिट भिसा’ प्रकरणको उठाई संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले भने, ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्क्यौँ ।’ प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसदहरूले विरोध स्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित भएका थिए । नीलो रिबन विश्वव्यापी रुपमा मानव तस्करीको विरोध स्वरूप सङ्केत मानिन्छ ।
२०८२ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








