प्रतिनिधि सभा बैठकबाट बाहिरिए रास्वपा र राप्रपाका सांसद
२०८२ असार ६ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै उनीहरुले बैठक नै बहिष्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचीलाई अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएपछि रास्वपा र राप्रपाका सांसदहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।
सभामुखले कार्यसूची अगाडी बढाएपछि उनीहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।
२०८२ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








