टी–२० मा भीम सार्कीले गरे डेब्यु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी भीम सार्कीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।

उनले स्कटल्याण्डमा जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्याण्ड्सविरुद्धको खेलबाट टी–२० अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् । भीम टी–२० अन्तर्राष्ट्रियमा नेपालका ५२ औं खेलाडी बनेका छन् ।

भीमलाई नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए । यसै सिरिजमा रुपेश सिंह र किरण ठगुन्नाले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो डेब्यु गरेका छन् ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोज्दै आफ्नो रणनीति अघि सारेका छन् ।

यो सिरिज नेपाली क्रिकेटका लागि नयाँ प्रतिभाहरूले मैदानमा उत्रिएर अनुभव सँगाल्ने अवसरका रूपमा महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =