भिजिट भिसा प्रकरणमा सरकार गम्भिर हुनुपर्छ : सांसद सुवाल
२०८२ असार ५ गते

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीजस्तो गम्भीर अपराधको छानविन गर्न सरकार गम्भीर नदेखिएको बताएका छन् ।
बिहीबार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दोषीलाई उम्कन दिन नहुने र निष्पक्ष छानविनको माग गरे ।
सांसद सुवालले भिजिट भिसा प्रकरणमा सबै पार्टीका गृहमन्त्री संलग्न देखिएको हुँदा सत्तापक्ष र विपक्षी दुवैले छानविन गर्न इच्छुक नहुनसक्ने चिन्ता व्यक्त गरे । उनले भने ‘सबै पार्टीका गृहमन्त्री हुँदा यस्तो घटना भएको हो, तर दोषीलाई उम्कन दिन मिल्दैन । छानविन गर्न तयार नभएको देखिन्छ ।’
उनले भिजिट भिसा जस्ता समस्याको समाधानका लागि जनता जागरुक हुनु जरूरी रहेको पनि बताए । साथै, सरकारले संसदमा विपक्षीलाई दबाएर काम अघि बढाउनु राम्रो नभएको बताए ।
२०८२ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








