नेपाल समृद्ध बन्दैछ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश अहिले समृद्धिको दिशामा अघि बढिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्रीमन्त्री पाण्डेले देश बिग्रिएको नभई ‘जुरुक्कै’ उठेको स्पष्ट पारे । उनले भूकम्पले भत्काएका संरचना पुनर्निर्माण भएका छन् र कोभिड महामारीले प्रभावित अर्थतन्त्र अब क्रमशः चलायमान हुँदै गएको बताए ।

‘नेपाल कुनै भोकमरी र गृहयुद्धमा छैन । हामी शान्ति प्रक्रियाको बाटोमा अघि बढिरहेका छौँ । देशभित्र रहेका सम्पदा र पुँजीको सदुपयोग गर्न सके मात्रै हामी समृद्ध राष्ट्र बन्न सक्छौँ’ उनले भने ।

मन्त्री पाण्डेले देशभित्र रहेका राजनीतिक द्वन्द्वलाई शान्तिपूर्ण तरिकाले समाधान गर्दै संविधान निर्माणमार्फत विकासको बाटोमा अघि बढेको बताएका छन् । साथै, छेउछाउका वा टाढाका सबै नेपाली एकता भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने ‘हाम्रो देश ढलेको छैन, जुरुक्कै उठेको छ । विद्यालय, स्वास्थ्य संस्था र निजी भवनहरू पुनर्निर्माण भएका छन् । कोभिडपछि कमजोर भएको अर्थतन्त्र विस्तारै सुधार हुँदैछ ।’

मन्त्री पाण्डेले नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि ठूलो मेहनत आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =