उपसभामुखको पत्र र भिजिट भिषा प्रकरण एउटै होइन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उपसभामुखको अमेरिकी दूतावासलाई लेखिएको पत्र र हालको भिजिट भिषा प्रकरण एक अर्कासँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले उपसभामुख इन्दिरा रानाले लेखेको पत्र संसद परिसरबाहिर ननिस्किएको र सम्बन्धित निकायमा दर्ता नभएको उल्लेख गर्दै उक्त विषय तत्कालै समाधान भएको बताए ।

‘उहाँले गल्ती स्वीकार गरेर आगामी दिनमा सचेत रहने प्रतिबद्धता जनाइसक्नुभएको छ,’ झाले भने, ‘त्यो पत्र भिजिट भिषासँग सम्बन्धित थिएन, अन्तरवार्ताको मिति सार्न अनुरोध गरिएको थियो मात्र ।’

उनले रास्वपाले उक्त प्रकरणमा अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाइसकेको स्मरण गराउँदै भने, ‘हामीले पार्टीको आधिकारिक लेटरहेडमा नै भनेका थियौं— यदि केही गल्ती भएको छ भने छानबिन होस्, हामी सघाउँछौं ।’

तर, हाल चर्चामा रहेको भिजिट भिषा प्रकरणमा गृहमन्त्री र उनी नेतृत्वको पार्टी, नेपाली कांग्रेस, उल्टै बचाउमा लागेको आरोप पनि उनले लगाए । ‘गम्भीर प्रकृतिको भिजिट भिषा प्रकरणमा कांग्रेसले कारबाहीमा सघाउने हैन, बचाउमात्र गरेको छ,’ झाले टिप्पणी गरे ।

सांसद झाले उपसभामुख पद ग्रहण गरेपछि उनी स्वतः साधारण सदस्य नरहने संवैधानिक व्यवस्था रहेको समेत स्मरण गराउँदै, रास्वपाले कानूनको पालना गर्ने प्रतिबद्धता दोहो¥याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =