रास्वपाको विरोधको शैली पुरानै, राप्रपाले आज पनि बहिष्कार गर्‍यो बैठक

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् ।

भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै उनीहरु संसद अवरोध गरेका हुन् ।

सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मानव तस्करविरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताए ।

उनले सरकारले लाखौँ नेपाली ठगिएमो विषयमा आन्दोलित हुँदा पनि नजरअन्दाज गरेको उनको आरोप छ । उनले संसदमा गृहमन्त्रीले जवाफ दिनेक्रममा आफूमाथि लागेका आरोपहरुको खण्डन र जवाफ दिने नभई भुइँमान्छेका आवाजमाथि कटाक्ष गरेको समेत आरोप लगाए ।
उनले भने– ‘हामीले लाखौँलाख ठगिएको विषयमा आन्दोलित हुँदै गर्दा सरकार किन हाम्रो आन्दोलनप्रति नजरअन्दाज गर्दैछ ? गृहमन्त्रीज्यूले संसदमा आएर भूइँमान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो । तर त्रिभुवन विमानस्थलबाट मानव बेचबिखन ब्यूरो किन हटाइयो ?’

सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाको विरोधका बीच संसदको कारबाही अगाडि बढाउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =