हरित अर्थतन्त्र प्रवर्द्धनमार्फत आर्थिक चुनौती सामना गर्न सकिन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवद्र्धन, रोजगारी सिर्जना र गुणस्तरीय मानव पुँजी विकासमार्फत नेपालले आर्थिक वृद्धिमा रहेका चुनौतिहरूको सामना गर्न सक्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालको आर्थिक विकासलाई दिगो, समावेशी र पर्यावरणमैत्री बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने ‘रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवद्र्धन, सामाजिक समावेशीकरण एवं लगानी तथा व्यापार प्रवद्र्धनको माध्यमबाट नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिहरुलाई सामना गर्न सक्दछ ।’

उपप्रधानमन्त्री पौडेलले जलवायु परिवर्तन र विपद्का असरले अर्थतन्त्रमा पार्ने प्रभावप्रति चिन्ता व्यक्त गर्दै त्यसबाट नागरिक र आर्थिक संरचनालाई उत्थानशील बनाउन आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री पौडेलले नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउँदै निर्यात क्षमता अभिवृद्धि गर्न विशेष योजना आवश्यक रहेको बताए ।

उनले उत्पादन र उत्पादकत्व वृद्धि, वस्तुगत तथा देशगत व्यापार विविधिकरण, भौतिक संरचना संरक्षण एवं प्रवद्र्धन, दुई पक्षीय र बहुपक्षीय व्यापार सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे ।

मन्त्री पौडेलले आर्थिक सुधार, समावेशी वृद्धि र जलवायु प्रतिरोधात्मक संरचनाको विकासका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी संस्था तथा विकास साझेदारबीचको सहकार्य अझ बलियो बनाउनु पर्नेमा जोड दिए ।

‘यस उद्देश्यका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी तथा सामाजिक संघ–संस्था, विकास र दातृ निकायहरूको सहयोग र सहकार्यलाई अझ घनिष्ठ बनाउनु अपरिहार्य छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =