स्काउटमा भएको अनियमितता छानबिन समितिको प्रतिवेदन सार्वजनिक
स्काउटका निलम्बित निर्देशक भट्टराईलाई सफाइ दिन ठुलै चलखेल भयो : शुद्धीकरण अभियान

काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईलाई पुनस्र्थापित गर्ने मनसायका साथ छानबिन समितिको प्रतिवेदन बुझाएको बताएको छ ।
नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई लगायत स्काउटका विषयमा बनाइएको छानबिन समितिले दबाबमा प्रतिवेदन बनाएर बुझाएको बताएको हो । अभियानका संयोजक देवदूत अधिकारीले शुद्धीकरण अभियानको सुझाव र सहमति बेगर मन्त्रालयको दबाबमा प्रतिवेदन बुझाइएको पाइएको बताएका हुन् ।
नेपाल स्काउट शुद्धीकरण अभियानले नेपाल स्काउट भित्र मौलाउँदै गरेको विकृति र विसङ्गति विरुद्ध आवाज उठाउँदै स्काउट शुद्धीकरण अभियानले आमरण अनसन थालेको थियो । उक्त अनसनपछि युवा तथा खेलकुद मन्त्रालयको पहलले छानबिन समिति बनाएको थियो ।
२०८२ वैशाख ५ गतेबाट आधिकारिक छानबिनको थालनी भएकोमा छानबिनको म्याद १५ दिन मात्रै भएको भनी मन्त्रालय स्तरबाट दबाब प्राप्त भएको जानकारी प्राप्त भएको संयोजक अधिकारीले बताए ।
‘सो छानबिनलाई यथार्थपरक बन्न नदिन नेपाल स्काउटले माग गरे बमोजिम कागजात उपलब्ध गराउनुको साटो उल्टै छानबिन समितिको अधिकार क्षेत्र भित्र नपर्ने भनी पत्र प्रेषित गरेको समेत जानकारी हुन आएको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो यस नेपाल स्काउट शुद्धीकरण अभियान छानबिनको एक मुख्य सरोकारवाला रहेको र हाम्रो मागअनुसार आन्दोलनको उपलब्धिको रुपमा छानबिन समिति गठन भएको हो। तर जिम्मेवारीबाट अलग गराई निलम्बनमा राखिएको नेपाल स्काउटको निर्देशक रामप्रसाद भट्टराईलाई पुनस्र्थापित गर्ने मनसायका साथ हाम्रो तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने साथीहरूको सल्लाह, सुझाव र सहमति बेगर मन्त्रालयको दबाबमा प्रतिवेदन बुझाइएको पाइएको छ ।’
छानबिनका दौरान भएको छलफल र सहमति अनुरूप अभियानद्वारा उठाइएका मागहरूमध्ये आरोपित निर्देशक रामप्रसाद भट्टराईलाई कुनै आरोपबाट सफाइ दिन नमिल्ने देखिन्छ तर तिनै निलम्बित निर्देशकलाई पुनः काममा फर्काई ४५ दिनको (नियममा नै नभएको) बिदा दिई विदेश भ्रमण गर्न पठाइएको संयोजक अधिकारीले खुलासा गरे । यी सबै प्रपञ्च हेर्दा ठुलै चलखेलको आशंका गर्न सकिने उनले बताए ।
यसैबिच छानबिन समितिमा अभियानको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरूले आफ्नो जिम्मेवारी पूरा गर्दै छानबिन समितिको वास्तविकता सार्वजनिक गर्न प्रतिवेदन तयार गरी यस अभियानमा बुझाएका उनले बताए । ।
उक्त प्रतिवेदन अनुसार निलम्बित निर्देशकमाथि लागेका आरोपहरू निराधार नरहेको र उनलाई उन्मुक्ति दिने ठाउँ नरहेको संयोजक अधिकारीले बताए ।
‘दोषी देखिएका निर्देशकको कर्तुतको समर्थनमा हालका प्रमुख स्काउट देखिएको हुँदा र उनैको इशारामा क्रियाकलाप गरिने हुँदा उक्त ठाउँबाट संस्थाले न्याय पाउने देखिँदैन तसर्थ अन्य वैकल्पिक उपाय अपनाई संस्थालाई उन्मुक्ति दिलाउने तर्फ हामी प्रयासरत रहेका छौं’ उनले भने ।
साथै स्काउटको छानबिन समितिमा रहेका सदस्यहरूले तयार पारेको प्रतिवेदन पनि शुद्धीकरण अभियानले सार्वजनिक गरेको छ ।
छानबिन समितिको प्रतिवेदन गोप्य राखिने विषय नभएको बताउँदै अभियानले आम स्काउटको भावनासँग जोडिएको प्रतिवेदन सार्वजनिक गरेको बताएको हो ।
यस्तो छ प्रतिवेदन








