धरानका मेयर साम्पाङ र उपमेयर बेघाका समर्थहरूबिच झडप

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर र उपमेयर समर्थकहरूबिच झडप भएको छ ।

मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थहरूबिच कार्यालय बाहिर नै झडप भएको हो ।

दुई पक्षबिच विवाद हुँदा झडप हुन पुगेको उक्त स्थानमा खटिएको प्रहरीले जानकारी दिएको छ । साथै स्थिति नियन्त्रणमा लिइरहेको बताइएको छ ।

हिजो मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि त्यहाँ पुगेका बेघालाई साम्पाङका समर्थकले हातपात गर्न खोजेका थिए ।

आज भने बेघा समर्थकले उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोध गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =