राप्रपाका महामन्त्री धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश शिवप्रसाद खनालको इजलासले सो आदेश दिएको हो ।

जबरा आज बिहान मात्रै अदालतमा हाजिर भएका थिए । उनी अदालतमा उपस्थित भएपछि थुनछेक बहस भएको थियो ।

गत चैत १५ गते पक्राउ परेका राणा उमेर र स्वास्थ्यका कारण हाजिरी जमानीमा छुटेका थिए ।

जबरालाई प्रहरीले तीनकुनेमा भएको ‘अराजक’ प्रदर्शनको मुख्य योजनाकारको रूपमा प्रस्तुत गर्दै मुद्दा चलाएको थियो ।

राजावादी आन्दोलनका क्रममा भएको उक्त प्रदर्शनमा उनी पार्टीको जनपरिचालन संयोजकको भूमिकामा थिए र सोही दिन उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =