पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठक पक्राउ नगर्न आदेश दिएको छ ।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।

समाचार लेखेको भन्दै आफू विरुद्ध पक्राउ पुर्जी जारी भएपछि पाठकले अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश भण्डारीले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =