संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा हो : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संसद जबरजस्ती सञ्चालन गर्नु संसदीय व्यवस्थामै धब्बा भएको टिप्पणी गरेका छन् ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परियारले भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै आन्दोलन भइरहँदा संसद जबरजस्ती सञ्चालन गरिएकोप्रति आपत्ति जनाए ।

‘संसदको चौथो ठूलो दलले विरोध गरिरहेको अवस्थामा जबरजस्ती संसद चलाउनु संसदीय परम्पराविपरीत अभ्यास हो,’परियारले भने, ‘यसले राजनीतिक दलहरूलाई भविष्यमा प्रश्न तेर्साउनेछ ।’

उनले सदन जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप पनि लगाउनुभयो। सरकारसँग सदन चलाउने वातावरण बनाउनुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै परियारले भिजिट भिसा प्रकरणलगायत जनसरोकारका विषयमा गम्भीर पहल हुनुपर्ने माग गरे ।

रास्वपा र राप्रपा अहिले आफ्ना मुद्दाहरूमा आन्दोलनरत रहेको भन्दै उनले सरकारले वार्ता र संवादमार्फत समस्या समाधानतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =