अलबिदा स्टाटस लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ सुरक्षित फेला
२०८२ असार २ गते

काठमाडौं । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेख्दै बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठ सुरक्षित फेला परेका छन् ।
प्रहरीले उनलाई काठमाडौंको बालाजुमा सकुशल फेला पारेको हो । उनलाई बालाजुस्थित एक होटेलमा फेला पारेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।
उनको उद्धार गरेर काठमाडौँ प्रहरी परिसर ल्याइएको उनले जानकारी दिए । डा. श्रेष्ठ सोमबार बिहान लामो स्टाटस लेखेर सम्पर्क विहीन भएका थिए ।
यो पनि पढ्नुहोस्ः ‘मलाई मर्न बाध्य पारियो’ भन्दै डाक्टरले लेखे मार्मिक स्टाटस, प्रहरीले थाल्यो उद्धारको प्रयास
२०८२ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








