बहिष्कार गरेको संसद बैठकको भत्ता नलिने राप्रपाको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बहिष्कार गरेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको छ ।

राप्रपाले आइतबारको संसद बैठक बहिष्कार गरेको थियो । बहिष्कार गरेको बैठकको भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने भएकाले भत्ता नलिने निर्णय गरेको राप्रपाले जनाएको छ ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय दलले असार १ गतेको बैठक भत्ता नलिने निर्णय गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएका छन् ।

बैठकबापत प्राप्त हुने भत्ता राजस्वमा फिर्ताको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =