रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहीन भयो : योगेश भट्टराई (भिडिओ)

काठमाडौँ । नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्व विहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अलमलिएको बताएका छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरूले पनि सम्मान गरेको बताए ।

संसदभित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताए । उनले पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको बताए । रास्वपा बादलभित्र उडिरहेको कागको जस्तो उद्देश्य र गन्तव्यविहीन अवस्थामा रहेको बताए ।

उनले भने ‘रास्वपा एउटा उदयमान पार्टीको रुपमा आएको छ । हामीले उहाँहरूलाई सम्मान गरेका छौँ । युवा साथीहरू हुनुहुन्छ । पढेलेखेको हुनुहुन्छ । अस्तिको घटना र आजको पनि घटनाले संसदभित्र रास्वपा नेतृत्व विहीन अवस्थामा छ । रास्वपा नेतृत्व विहीन छ । जब पार्टी नेतृत्व विहीन हुन्छ, त्यो अन्योलमा पर्छ । रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो छ । उद्देश्य र गन्तव्यविहीन अवस्थामा उहाँहरू अवरोधमा सामेल हुनुहुन्छ ।’

सचिव भट्टराईले सांसद पद निलम्वपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रुपमा कुनैपनि कार्यक्रममा भाग लिन नपाउने भएपनि पार्टीले दलको नेता वा पदबाट नहटाउने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 11 =