नेपाल मानव धर्म सेवाद्वारा रक्तदान कार्यक्रम : २ सय २१ पिन्ट रगत संकलन

काठमाडौँ । विश्व रक्तदान दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा दुई सय २१ जनाले रक्तदान गरेका छन् ।
देशका विभिन्न ४ स्थानमा आयोजना भएको कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन ।
८० पिन्ट दाङ, ६१ पिन्ट काठमाडौँ, ६१ पिन्ट उदयपुर र १९ पिन्ट सुर्खेतमा भएको रक्तदान कार्यक्रमबाट संकलन भएको हो ।
विज्ञानले सबै कुराको आविष्कार गरे पनि रगतको आविष्कार गर्न नसकेको र रगतको माग पुरा गर्ने एक मात्र विकल्प रक्तदान भएकाले कार्यक्रमको आयोजना गरिएको नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख चमेली वाईजीले बताए ।
उनले भने ‘दान मध्यको सबैभन्दा ठूलो दान रक्तदान नै हो ।’
आध्यात्मिक तथा सामाजिक संस्थाको रुपमा विश्व सामु परिचय बनाएको संस्थाले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । जुन १४ लाई विश्व रक्तदान दिवसको रुपमा मनाउँदै आइएको छ ।









