यस बर्ष ६५ प्रतिशत विद्यार्थी एसईईमा उत्तिर्ण हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन् ।

धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतिहरुलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताए ।

गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको भन्दै यस वर्ष नै सुधार आउने बताए । सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गरे ।

थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुने स्थिति पु¥याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताए । विद्यार्थीलाई सफलताको बाटो हिँडाउने आफूहरुको उद्देश्य रहेको बताए ।

प्रधानमन्त्री ओलीले रोजागरीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =