नेपालले टस हार्यो, टोलीमा तीन परिवर्तन
२०८२ जेठ २७ गते

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
नेदरल्यान्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपाली टोलीमा आज तीन परिवर्तन गरिएको छ । चोटका कारण सोमपाल कामी र गुलशन झा खेल्ने छैनन् । अघिल्लो खेलमा खराब प्रदर्शन गरेका आसिफलाई आजको खेलमा स्थान दिइन् ।
सोमपाल र गुलशनको स्थानमा नन्दन यादव र बसिर अहमदलाई खेलाइएको छ । आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ ।
२०८२ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








