नबिल बैंकको ‘नबिल उद्यमशील कर्जा’ योजना : ४ दिनमै कर्जा स्वीकृति !

काठमाडौँ । युवाहरूबिच उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले नबिल बैंक लिमिटेडले लामो समयदेखि ‘नबिल उद्यमशील कर्जा’ सेवा सञ्चालन गर्दै आएको छ । यो कर्जा योजना विशेष गरी आफ्नै व्यवसाय सुरु गर्न चाहने युवा वर्गका लागि लक्षित गरी तयार गरिएको हो, जसअन्तर्गत सरल, सहज र छिटो प्रक्रिया मार्फत व्यवसायका लागि आवश्यक कर्जा प्राप्त गर्न सकिन्छ।

उक्त योजना अन्तर्गत १८ देखि ६० वर्ष उमेर समूहमा पर्ने इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । यस योजनामा न्यूनतम रु. १ लाखदेखि अधिकतम रु. १ करोडसम्मको कर्जा उपलब्ध गराइनेछ । साथै, कर्जाको अवधि १ वर्षदेखि ८ वर्षसम्म निर्धारण गरिएको छ । यो कर्जा लिनका लागि ग्राहकहरूले आवश्यक सम्पूर्ण कागजातहरू बुझाएको ४ दिनभित्र नै कर्जा स्वीकृति प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकले परियोजनाको कुल लागतको ७५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ । साथै, कर्जा बापतको रकम व्यवसायको नगद प्रवाह (Cash Flow Cycle) अनुसार किस्ताबन्दीमा तिर्न सकिनेछ, जसले व्यवसायको सञ्चालनलाई थप सहज बनाउनेछ । कर्जाको ब्याजदर बैंकको आधार दर (Base Rate) मा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर निर्धारण गरिनेछ ।

नबिल बैंकले यो योजना विशेष गरी नवयुवा/युवतीहरूलाई स्वरोजगार तथा सृजनात्मक व्यवसायमा अघि बढ्न थप हौसला प्रदान गर्ने उद्देश्यका साथ ल्याएको हो । यस योजनाले युवाहरूलाई आत्मनिर्भर बनाउन साथै देशको समग्र आर्थिक रूपान्तरणमा विशेष योगदान पुर्याउने अपेक्षा राखिएको छ ।

यस योजना सम्बन्धी विस्तृत जानकारी लिनका लागि इच्छुक व्यक्तिहरूले नबिल बैंकको वेबसाइट अथवा बैंकको ग्राहक सेवा केन्द्रमा फोन (०१-५९७००१५) गरेर जानकारी प्राप्त गर्न सक्नेछन् ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी निजी क्षेत्रको बैंक हो । यसले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरका २६८ शाखा र ३२० एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले जिम्मेवार संस्थाका रूपमा मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरू ल्याउँदै आएको नबिल बैंक देशको वित्तीय इतिहासमा एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुँदै गएको छ । यसले युवाहरूको उद्यमशीलता प्रवर्द्धनमार्फत आत्मनिर्भर नेपाल निर्माणतर्फ सार्थक कदम चालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =