आइपीएल २०२५ को च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) बनेको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा भएको फाइनलमा खेलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसिबी इण्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो पटक च्याम्पियन बनेको छ । आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधी जितेको हो ।

१ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ८४ रन बनाउँन सक्यो । किंग्सका लागि शंसाक सिंहले ३० बलमा ३ चौका र ६ छक्का सहित सर्वाधिक ६१ रनको योगदान गर्दा जोस इङ्लिसले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडेका थिए । त्यस्तै, कप्तान श्रेयस अय्यर सामना गरेको दोस्रो बलमा नै १ रनमा आउट भएका थिए । ओपनर प्रियाशं आर्य २४, प्रभसिमरन सिंह २६ र निहाल बढेरा १५ रनमा आउट भएका थिए ।

रोयल च्यालेन्जर्स बेंगलुरुका तर्फबाट भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिँदा रोमारियो शेफर्ड, जोस हेजलवुड र यश दयालले समान १ विकेट लिएका थिए ।

आईपीएल फाइनल: आरसीबीविले पञ्जाब किङ्सलाई दियो १९१ रनको लक्ष्य

Photo by Arjun Singh / Sportzpics for IPL
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =