मंगलबार २९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ जेठ २० गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
२०८२ जेठ २० गते
प्रतिक्रिया








