आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा नाडाको धारणा
२०८२ जेठ १६ गते

काठमाडौं । नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरूमा विभिन्न नीतिगत सुझावहरू एवं सल्लाहहरू दिएको थियो ।
नाडाको नीतिगत सुझावहरूलाई मननगरी आर्थिक वर्ष २०८२/०८३ को बजेट अटोमोवाइल मैत्री आएको छ ।

खाशगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरूलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने आशा राख्दै अव नाडाले आउँदो मौद्रिक नीति समेत यसै अनुरूप आउने अपेक्षा राखेको छ ।
नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा नाडाले नेपाल सरकारप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेको छ ।
२०८२ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








