चलचित्र ‘जन्ते बाख्रो’ को लभस्टोरी र कमेडी मिश्रित ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । सन्तोष गौतमको लगानी रहेको सिनेमा ‘जन्ते बाख्रो’ ट्रेलर सार्वजनिक गरिएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलरमा लभस्टोरी र कमेडीमा सम्मिश्रण हेर्न सकिन्छ ।
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल छ ।
नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सोही कथामा सिनेमा निर्माण भएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
आगामी जेठ २३ गतेबाट यो सिनेमा नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको छ ।
सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।
आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिविभक्तको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।
हेर्नुहोस् भिडिओ :








