महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीहरूलाई सम्मान

काठमाडौँ । महालक्ष्मी विकास बैंक ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा महिला उद्यमीहरूलाई सम्मान गरेको छ ।

जेठ ४ गते देखी १० गते सम्म महिनाव्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा देशैभरीका विभिन्न शाखा कार्यालयहरू मार्फत विभिन्न कार्यक्रमहरू गरी महिला उद्यमीहरूलाई सम्मान गरेको हो ।

वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैङ्गिक समानताकोमुल प्रवाहमा ल्याउने उद्देश्य सहित उक्त सम्मान गरिएको बैंकले जनाएको छ ।

यस कार्यबाट उद्यमशीलतालाई समेत प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको बताइएको छ ।

साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका १० वटा शाखा कार्यालयहरू र बैंकको केन्द्रिय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रमहरु मार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरू सञ्चालन गरेको बैंकले जनाएको छ ।

बैंकले जेष्ठ ७ गते बुधवार केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरू मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभुषाको प्रहसन गरिएको थियो । यसका साथै बैंकको केन्द्रिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । त्यस्तै केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोबाइल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।

वार्षिक उत्सवको महत्त्वपूर्ण कार्यक्रमको रुपमा रहेको र विगत ३ वर्षदेखि सफलतापूर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२५, श्रृङखला ४) २४ टिमको सहभागितामा बैंकले जेष्ठ २१, २२, २३ र २४ गते सञ्चालन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =