रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ जारी, निष्कर्षमा पुग्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनामुक्तिको माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइ आज (बुधबार) पनि सर्वोच्च अदालतमा जारी रहने भएको छ ।

मंगलबार सर्वोच्च अदालतका माननीय न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइ समय अभावका कारण नसकिएपछि उक्त रिटलाई आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको हो । गत वैशाख ७ गते सभापति लामिछानेका तर्फबाट उनकी धर्मपत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा उक्त बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन् ।

यसअघि पटक-पटक ‘हेर्न नमिल्ने’ सूचीमा पर्दै स्थगित हुँदै आएको उक्त रिटमा मंगलबारबाट भने सुनुवाइ प्रारम्भ भएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई चुनौती दिँदै उक्त आदेश बदर गरी थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । आजको सुनुवाइपछि इजलासले केही आदेश दिनसक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =