नेपाल प्रहरीको एआईजीमा सिद्धिविक्रम शाह सिफारिस

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा गर्न सिफारिस गरेको हो । शाह हाल विशेष ब्युरोका प्रमुख हुन् ।

आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने पदमा शाह बढुवा हुने भएका हुन् ।

आचार्य अवकास हुनु एकसाता पहिले नै सिफारिस भएपनि एक सातापछि मात्रै मन्त्रिपरिषदको बैठकले उनलाई बढुवा गर्ने निर्णय गर्नेछ ।

आफ्नो ब्याचबाट शाह एआईजी बन्ने एकल अधिकारी हुन् । उनका ब्याचका अरु डीआईजीसम्म मात्रै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =