बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, गभर्नर नियुक्ति हुन सक्ने
२०८२ जेठ ६ गते

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रीपरिषद् बैठक केही बेरदेखि बैठक जारी छ ।
आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने तयारी गरेको छ ।
गभर्नर नियुक्तिका लागि आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सहमति भएको थियो ।
ओली–देउवाबिच सहमति भएपछि गभर्नर नियुक्ति सिफारिस समितिको बैठक बसेको थियो । उक्त बैठकले विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको छ ।
२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








