रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

समय अभावका कारण आज बहस नसकिएपछि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

सभापति लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको थियो । तर, आज समय अभावका कारण बहस सकिएन ।

मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरेकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =