गभर्नर कांग्रेसले पाउने पक्का, विश्व पौडेलको नाम फाइनल
२०८२ जेठ ६ गते

काठमाडौं । प्रा.डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने भएका छन् ।
अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउन कांग्रेस–एमाले सहमत भएका छन् ।
आज भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई नै गभर्नर बनाउने सहमति भएको हो । पौडेल कांग्रेस निकट हुन् ।
पौडेललाई गभर्नरमा सिफारिस गर्न अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन् ।
गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ । डेपुटी गभर्नर निलम ढुङ्गानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका छन् ।
२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








