रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।

पटक पटक पेसी तोकिए पनि हेर्न नमिल्नेमा पर्दै आएको सभापति लामिछानेको रिट अन्ततः सुनुवाइमा परेको हो ।

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

तर, सरकारी वकिलको कार्यालयले उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरेपछि उच्च अदालतले चैत २२ गते लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो । सोही आदेशपछि उनी पुनः पक्राउ परी रुपन्देही कारागारमा थुनामा परेका छन् ।

रिट निवेदनमा लामिछानेले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी तीन दिनपछि मात्र कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग राखेका छन् । साथै, थुनामा पठाउने उच्च अदालतको आदेशसमेत बदर गरिदिन अनुरोध गरिएको छ ।

उक्त मुद्दामा लामिछानेसँगै संलग्न रहेका अर्का प्रतिवादी पूर्व डिआईजी छविलाल जोशी पनि हाल रुपन्देही कारागारमै थुनामा छन् ।

एउटै मुद्दामा जोशीलाई थुनामा राखिएको भए पनि जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्दै समान आधारमा कारबाहीको माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =